माटो नै मानव जीवन जिउनुको मूल आधार हो,यसलाई सधैं बचाउन आवश्यक छ- राज्यमन्त्री चौधरी

काठमाण्डौं,मंसिर १९।कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले माटो नै मानव जिवन जिउने मुलआधार भएको हुँदा यसलाई सधै बचाउन आवश्यक रहेकोे बताएकि छिन।

विश्व माटो दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त कुरा बताउदै मन्त्री चौधरीले खाद्यन उत्पादनको मुख्य स्रोत माटो नै भएकोले र पृथ्वीको उत्पादक माटो बन्न करोडौं बर्ष लागेकोले माटोलाई बचाउनु भनेको नै दिगो उत्पादनलाई टेवा पुर्याउनु रहेको मन्त्री चौधरीको भनाइ छ।

माटो समस्त मानव सभ्यताको एक मात्र ठोस आधार भएको भएपनि माटोमा रासायनिक मल र बिसादीको प्रयोगले बिग्रिदै गैइरहेको हुँदा यसमा जिवित उत्पादकत्व राख्नलाइ प्राङ्गारीक मल प्रयोगमा व्यापक वृद्धि गर्न जरुरी रहेको र यसतर्फ एक अर्ब भन्दा बढी रकम बिनियोजन समेत गरेको राज्य मन्त्री चौधरीले बताएकि छिन । Be The Solution to soil pollution भन्नेमा मुल नाराका साथ विश्व माटो दिवस मनाउने घोषणा गरे अनुरुप नेपालमा पनि राष्ट्रिय किसान आयोग,कृषि विभाग ,केन्द्रिय कृषि प्रयोगशाला ,NARC /माटो विज्ञान महाशाखा र नेप्लिज सोसाइटी अफ सोइल साइन्सको संयुक्त आयोजनामा प्रभातफेरी लगतै कृषि विभागमा कार्यक्रमको आयोजना गरिएको थियो ।

किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठ को अध्यक्षतामा आयोजित कार्यक्रममा आयोगका सदस्यहरु , कृषि तर्फका सचीव युवकध्वज जिसी ,NARCका निमित्त ED टेक बहादुर गुरुङ लगाएतको  उपस्तिथि रहेकोे थियो।

कमेन्ट गर्नुहोस्