एक सातामा सुनको मूल्य १३ सय रुपैयाँ बढ्यो

काठमाडौं, मंसिर २१ । यो साता सुनको मूल्यमा तोलामा १३ सय रुपैयाँ बढेको छ । शुक्रबार सुन तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

हप्ताको पहिलो दिन तोलाको ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार २ सय रुपैयाँले बढ्यो । त्यसपछि मंगलबार एकैदिन तोलामा ९ सय रुपैयाँ बढेको सुनको भाउ बुधबार एक सय र बिहीबार तीन सय रुपैयाँ बढेको हो । शुक्रबार भने सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ ।

यस्तै चाँदीको भाउ यो हप्ता तोलामा १५ रुपैयाँ बढेको छ । आइतबार ७ सय रुपैयाँमा कारोबार भएको चाँदी शरक्रबार तोलाको ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।

कमेन्ट गर्नुहोस्