ढोका थुनेर छोराले गरे बुवा र ठुला बुवाको हत्या, आमा घाइते

कैलाली, मंसिर २२ । कैलालीको लम्की–चुहा नगरपालिका ४ बलिया गाँउमा छोराले दुई बुवाको हत्या गरेका छन् ।

बलिया गाँउका जहरीलाल चौधरीले बुवा चक्रा थारु र ठुला बुवा पल्टु थारुको हत्या गरेका ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । हत्या गर्ने जहरीलाललाई प्रहरीले पक्राउ गरेको छ।

आमा द्धीलबहादी देवी चौधरीको टाउको र बाँया कानमा चोट लागेको छ। उनको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ।

श्रीमती माइत गएको र आफुलाई जानकारी नगराई किन माईत पठाएको भन्दै काठको खन्तीले बुवा, ठुला बुवा र आमालाई ढोका थुनेर हानेको जहरीलाल चौधरीले बयान दिएको ईलाका प्रहरी लम्कीले बताएको छ। दिनेश खबरबाट

कमेन्ट गर्नुहोस्