जनताका अगाडि गरेका घोषणा पूरा गर्ने संकल्प कायमै छः अध्यक्ष प्रचण्ड [भिडियोसहित]

काठमाडौं, मंसिर २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले चुनावका बेला जनताका अगाडि गरेका वाचा पूरा गर्न अहिलेको सरकार सक्रिय रहेको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘आउने चार वर्षभित्र हामीले जे घोषणा जनताका अगाडि गरेका थियौं, त्यही अनुसार जाने हाम्रो संकल्प कायम नै छ ।’

याे पनि पढ्नुस  सरकारविरद्ध घेराबन्दी गर्न खोजियो - प्रचण्ड

उनले सरकारको नौ महिने अवधिमा धेरै राम्रा कामहरु गरेको बताए । अध्यक्ष प्रचण्डले ऐतिहासिक महत्वको कार्य सम्पादन गरेको पनि दाबी गरे ।

उनले चीनसँग पारवाहन सम्झौता गर्नु, रेल सेवा सञ्चालनका लागि छिमेकी मुलुकसँग समझदारी गरेर अघि बढ्नु तथा भारतसँग डुबान समस्या सुझाउनु सरकाको महत्वपूर्ण उपलब्धि भएको भन्दै टिप्पणी गरे । शिक्षा, स्वास्थ्य तथा रोजगारीको हकलाई संविधानले पनि सुनिश्चित गरेको बताउँदै यसमा भएका समस्याहरुलाई हल गर्दै जाने बताए ।

कमेन्ट गर्नुहोस्