नेकपाको सचिवालय बैठक बस्दै, तल्लो तहको एकता प्रक्रियामाथि छलफल हुने

काठमाडौं, मङ्सिर २२ । तल्लो तहको एकता प्रक्रियाबारे टुङ्गो लगाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ३ बजेपछि बस्ने बैठकमा एकता प्रक्रियाका विषयमा महत्वपूर्ण छलफल हुने बताइएको छ ।

तल्लो तहका कमिटीको एकतासँगै स्थायी समिति बैठकको एजेन्डाका विषयमा समेत छलफल हुने नेताहरुले बताएका छन् ।

यस्तै केन्द्रीय सदस्यको कार्यविभाजन र पोलिटब्यूरो गठनका विषयमा पनि छलफल हुने छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते पार्टी एकता भएपछि झन्डै साढे चार सयको केन्द्रीय समिति बने पनि कार्यविभाजन नहुँदा नेताहरु जिम्मेवारीविहीन हुँदै आएका छन् ।

जिम्मेवारी नपाएको भन्दै केन्द्रीय सदस्यहरुले पटक–पटक नेतृत्वको ध्यानाकर्षण गराउँदै आएका छन् ।
इमेजखबरबाट

कमेन्ट गर्नुहोस्