टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ, मङ्सिर २२। राजधानीको ढल्कुमा टिपरको ठक्करबाट आज बिहान एक जनाको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका वार्ड नम्बर-१७ डल्लुमा फोहरमैला बोक्न टिप्परले विपरित दिशा तर्फबाट आईरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

डल्लुबाट सोह्रखुट्टेतर्फ आउँदै गरेको बा ३ ख ४२२० नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको बा ५१ प ६८६७ नम्बरको मोटरसाइकललाई बिहान १०ः५५ बजे ठक्कर दिँदा सो दुर्घटना भएको हो।

दुर्घटनामा महानगरपालिका–१७ धोबीचौरका ३० वर्षीय अनिल गुरुङको मृत्यु भएको महानगररीय ट्राफिक प्रहरी महाशाखाका उपरीक्षक जयराज सापकोटाले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल ठमेलमा उपचारका क्रममा ११ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने टिपरसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्