नेपाली युवकद्वारा भारतमा ब्यङ्लोरमा आत्महत्या

काठमाडौं, मंसिर २३ । भारतको ब्यङ्लोरमा एक नेपालीले आत्महत्या गरेका छन् । बझाङको छबिस पाथीभेरा–७ बुडखोरी घर भई कामका लागि ब्यङ्लोरको नारकट्टा रोड नजिक विजया बैंक लेवर्टमा बस्दै आएका रोषन धामी (घरमा राजु भनेर बोलाइन्थ्यो) ले शुक्रबार राति आत्महत्या गरेका हुन् ।

उनले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन । शुक्रबार राति ११ बजेसम्म फेसबुकमा देखिएका रोषन त्यसपछि भने फेसबुकमा पनि देखिएका थिएनन् । उनका आफन्तले रोषनले आत्महत्या नगरि कसैले हत्या गरेको आशंका पनि गरेका छन् ।

अहिले उनको शव परिक्षण भइरहेको छ । रोषनले आठ महिनाअघि मात्रै विवाह गरेका थिए । आफन्तका अनुसार उनी केही दिनपछि घर आउने तयारीमा रहेका थिए ।

कमेन्ट गर्नुहोस्