सुमित पाठकलाई झापामा भव्य स्वागत [फोटोफिचर]

काठमाडौं, मंसिर २२ । ‘नेपाल आइडल २’ को ‘उत्कष्ट ४’ मा पुग्न सफल सुमित पाठकलाई गृहनगर झापामा भव्य स्वागत गरिएको छ । उनलाई जिल्लाको चन्द्रगढी विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

उनी गृह जिल्ला समर्थकसँग भेटघाट र आगामी यात्राका लागि भोट माग्न गएका हुन् । ‘गोल्डेन माइक’ विजेतासमेत रहेका सुमित आइडलका मुख्य दाबेदार पनि हुन् । उनले शुक्रबारको अंकमा सर्वाधिक भोट ल्याएर ‘टप फोर’ मा पुग्न सफल भएका थिए ।

कमेन्ट गर्नुहोस्