चिकित्सा दर्ता प्रमाणपत्र परीक्षामा आधाभन्दा कम पास

काठमाडौं, मंसिर २२ । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सा दर्ता प्रमाणपत्र परीक्षामा ४४ दशमलव ५६ प्रतिशत परीक्षार्थीमात्र उत्तीर्ण भएका छन् ।

काउन्सिलले आज लिएको दर्ता प्रमाणपत्र परीक्षामा एमबिबिएसतर्फ सहभागी भएका एक हजार ३११ मध्ये ५९८ र बिडिएसतर्फ सहभागी भएका १८६ मध्ये ६९ मात्र उत्तीर्ण भएको हो ।

विश्वविद्यालयबाट एमबिबिएस र बिडिएस तहको अध्ययन पूरा गरेपछि चिकित्सा दर्ता प्रमाणपत्र लिन अनिवार्य रुपमा काउन्सिलले लिने परीक्षा उत्तीर्ण हुनुपर्छ । रासस

कमेन्ट गर्नुहोस्