फ्रान्समा सरकारविरुद्ध आन्दोलन चर्कियो, १ हजार प्रदर्शनकारी पक्राउ

प्रहरीले करिब १ हजारलाई नियन्त्रणमा लिएको छ ।

पछिल्लो समय पेरिसमा भएको प्रदर्शनका क्रममा तीन जना प्रहरी अधिकृतसहित कम्तिमा १ सय २६ जना घाइते भएका छन् ।

पहेंलो जर्सी लगाएर प्रदर्शनमा उत्रिएकाहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेका छन् ।

शनिबार देशभर भएको प्रदर्शनमा सवा १ लाखभन्दा बढी मानिस सहभागी भएको बताइएको छ ।

यसमध्ये  १० हजारभन्दा बढीले राजधानी पेरिसमा जम्मा भएर प्रदर्शन गरेका थिए ।

तर सरकारी अधिकारीहरुले प्रदर्शनमा अति हिंस्रक तत्वको प्रवेश भएको बताएका छन् ।

फ्रान्सका प्रधानमन्त्री एडुअर्ड फिलिपेले प्रदर्शनमा घुसपेठ भएको बताएका हुन् ।

उनले विवाद समाधान गर्न सरकार तयार रहेको भन्दै प्रदर्शनकारीहरुलाई संवादबाटै समस्याको समाधान खोज्न आग्रह गरेका छन् । उनले देशका सबै नागरिक एकजुट हुन आवश्यक रहेको बताएका छन् । -एजेन्सी

कमेन्ट गर्नुहोस्