अब नेपाल आइडलमा एक हप्तासम्म भोट गर्न पाइने, रविले समथर्कलाई यस्तो भने

काठमाडौं, मंसिर २३ । जारी नेपाल आइडल सिजन–२ मा अब एक हप्तासम्म भोट गर्न पाइने भएको छ । बिहीबार हुने प्रस्तुतिपछि हप्ता दिनका लागि भोटिङ खुल्ला रहने भएको हो । यस अगाडिको प्रस्तुतिमा १८ घण्टाका लागि मात्र भोटिङ खुल्ला हुँदै आएको थियो।

जो प्रतिस्पर्धीले सर्वाधिक भोट ल्यायो ऊ नै आइडलको उपाधि जित्ने छ । यसैबीच, सुदूरपश्चिमबाट आइडलमा एक मात्र बाँकी रहेका प्रतिस्पर्धी रवि ओडले अब प्रतिस्पर्धा निकै कडा भएकाले समकर्थलाई अत्यधिक भोट गर्न आग्रह गरेका छन् ।

अहिले उनी गृह प्रदेश सुदूरपश्चिममा छन् । त्यहाँ रविले विभिन्न ठाउँमा भइरहेका कार्यक्रममा सहभागिता जनाउनुका साथै भोटको अपिल पनि गरिरहेका छन् । रविसँगै अब नेपाल आइडलमा बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारी बाँकि छन् ।

शनिबार कैलाली पुगेका रविलाई धनगढी विमानस्थलमा बिहान पञ्चेबाजासहित स्वागत गरिएको थियो। रविको स्वागतका लागि विमानस्थलबाट बाजागाजा बजाएर धनगढी, अत्तरिया परिक्रमा गराएको हो।

कमेन्ट गर्नुहोस्