खानेपानी मन्त्रीद्वारा महिला समूहलाई १२ हजार कुखुराका चल्ला वितरण

कञ्चनजपुर, मंसिर २३ । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरमा रहेका विभिन्न महिला समूहलाई कुखुराका चल्ला वितरण गरेकी छन् । जिल्लामा रहेका १ सय २० वटा महिला समूहलाई १२ हजार कुखुराका चल्ला वितरण गरिएको हो।

प्रज्ञा (प्रकाश–ज्ञानु दाहाल) स्मृति प्रतिष्ठानले बेलौरी उद्योग बाणिज्य संघको सभाहलमा आयोजना गरेको कार्यक्रममा मन्त्री मगरले प्रगतिशील महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले कुखुराका चल्ला वितरण गरिएको बताइन् ।

कार्यक्रममा बोल्दै मन्त्री मगरले महिलाहरुलाई आत्मनिर्भर बनाएर आयआर्जनमा जोड दिन सबै लाग्नुपर्नेमा जोड दिइन् । उनले सामूहिक रूपमा महिलाहरुलाई सशक्त बनाई परनिर्भर हुनुपर्ने बाध्यताबाट मुक्त गर्नु पर्ने बताइन् ।

कुखुराका चल्ला प्राप्त गरिसके पछि महिला समूहका प्रतिनिधिहरूले सामूहिक रूपमा कुखुरापालन गरी समूहमा आबद्ध सदस्यहरूलाई आत्मनिर्भर बनाउन केन्द्रित हुने बताएका छन् ।

कमेन्ट गर्नुहोस्