नेपाल आइडलः पाठकको नजरमा बिक्रमभन्दा रवि अगाडि

काठमाडौं, मंसिर २३ । रवि ओड सुदूरपश्चिमेलीको मात्र होइन सबै नेपालीको मनमा बसेका छन् । यसको प्रमाणहरु सामाजिक सञ्जालमा पर्याप्त छन् । यति मात्र होइन विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरुले पनि रवि धेरैको मनमा बसेको जनाउँ दिन्छ ।

यसैबीच, काठमाडौंबाट प्रकाशित हुने अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित समाचारमा पनि रविलाई धेरैले पढेका छन् । अर्थात् उनको समाचारलाई धेरैले पढेका र सेयर गरेका छन् । यसको मापन सहजै गर्न सकिन्छ ।

सेयर गरेको प्रत्यक्ष अंक नै देखिन्छ । अन्नपूर्णले रविकोभन्दा अगाडि बिक्रमको समाचार प्रकाशित गरेको थियो । तर, ‘पोखरामा माया बटुल्दै बिक्रम’ शिर्षकको समाचार आइतबार साँझ ६ बजेसम्म १०७१ जनाले मात्रै सेयर गरेका छन् । तर, ‘कैलालीमा रविलाई पञ्चेबाजाले स्वागत’ शिर्षकको समाचार बिक्रमको भन्दा केही समयपछि प्रकाशित गर्दा पनि आइतबार साँझसम्म ३७७४ जनाले सेयर गरिसकेका थिए ।

यसरी आंकलन गर्ने हो भने बिक्रमभन्दा रवि पाठकको आँखामा धेरै अगाडि छन् । अन्य मिडियामा रविबारे प्रकाशित समाचार पनि अत्यधिक सेयर भएको देखिन्छ । सेयर गरेको मापन गर्नुको मूल कारण पाठकमाझ को प्रतिस्पर्धी अगाडि छन् भन्ने केलाउन खोजिएको हो ।

अन्नपूर्ण पोस्ट् दैनिक र ‘नेपाल आइडल’ आयोजना गर्ने एपी वान टेलिभिजन एकै ग्रुपको संञ्चार माध्यम भएकाले पनि अन्नपूर्णमा प्रकाशित समाचारलाई मापनको आधार बनाइएको हो । अन्नपूर्णले रवि र बिक्रमबाहेक अस्मिता अधिकारी र सुमित पाठकको बारेमा भने समाचार प्रकाशित गरेको थिएन ।

यसकारण सुमित र अस्मिताबारे पाठकको साथ प्रकाशित गरेनौं । अहिले चारै प्रतिस्पर्धी गृह जिल्लामा व्यस्त छन् । रवि सुदूरपश्चिममा, बिक्रम पोखरा, सुमित र अस्मिता झापामा रहेका छन् ।

पत्रिकामा पाठकले साथ दिए पनि यात्रा भोटिङको भएकाले उपाधि भने यसले नै जित्न सक्छ भनेर ठोकुवा गर्न कठिन छ । अब हेरौं दोस्रो नेपाल आइडलको उपाधि कसले जित्छ ।

कमेन्ट गर्नुहोस्