आयोगको प्रतिवेदनः स्थायी शिक्षक पाँच–पाँच वर्षमा अनिवार्य ! [पूर्ण पाठसहित]

काठमाडौं, मंसिर २३ । राष्ट्रिय शिक्षा आयोगले शिक्षाको २५ वर्षे दूरदृष्टि र शिक्षाको सिद्धान्त तयार गरेको छ ।

गएको साउन ३२ गतेको मन्त्रीपरिषद्को निर्णयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको अध्यक्षतामा बनेको २४ सदस्यीय राष्ट्रिय शिक्षा आयोगले २५ वर्षे दूरदृष्टि र शिक्षाको सिद्धान्त तयार गरेको हो ।

आयोगले अबको २५ वर्षसम्म नेपालले अंगाल्ने शिक्षा नीतिको बारेमा तयार पारेको प्रतिवेदन राय, सुझाव र प्रतिक्रियाका लागि सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा शिक्षक, प्राध्यापक, प्रधानाध्यापकहरू, विद्यालय तथा विश्वविद्यालयका कर्मचारीको नियुक्ति संवैधानिक हैसियत स्वतन्त्र एवं स्वायत्त आयोगबाट खुल्ला प्रतिस्पर्धाका आधारमा हुनेसहितका कैयौं सुधारका प्रस्ताव गरिएको छ । उज्यालोअनलाइनबाट साभार

आयोगले तयार पारेको २५ वर्षे दूरदृष्टि र सिद्धान्त हेर्न यहाँ क्लिक गर्नुस्

 

कमेन्ट गर्नुहोस्