कैलालीमा २७ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा सन्तान

धनगढी, मंसिर २४ । कैलालीको धनगढी स्थित सेती अञ्चल अस्पतालमा एक महिलाले तिम्ल्याहा सन्तान जन्माएकी छन् । जिल्लाको गौरीगंगा नगरपालिका–३ का लोकराज जोशीकी २७ वर्षीया पत्नी निर्मला जोशीले तिम्ल्याहा सन्तान जन्माएकी हुन् ।

अस्पतालका अनुसार आइतबार दिउँसो दुई बजेर १३ मिनेटमा डेढ किलो तौलकी छोरीलाई जन्म दिएकी निर्मलाले ३ बजे एक किलोको छोरालाई जन्म दिइन् । त्यसको झण्डै आधा घण्टापछि तेस्रो सन्तानका रुपमा दिउँसो ३ बजेर ५० मिनेटमा दुई किलो तौलको छोरालाई जन्म दिइन् ।
‘दोस्रो शिशु उल्टो अवस्थामा थियो, अप्रेशनमा सहभागी एक चिकित्सले भने, तीन वटै नवजात शिशु र आमाको स्वास्थ्य अवस्था ठिक छ ।’
समयभन्दा पहिले जन्मिएकाले तीन वटै शिशुको तौल कम रहेको चिकित्सकले बताए । करीव साढे सात महिनामा निर्मला सुत्केरी भएकी हुन् । तीनवटै शिशुलाई एनआईसियुमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्