प्रगतिशील समूहले मात्रै इन्जिनियरिङ क्षेत्रका समस्या हल गर्न सक्ने– बञ्जाडे

मंसिर २४, काठमाडौं । नेपाल इन्जिनियर्स एशोसियसनको यहि मंसिर २८ गते हुने निर्वाचनमा प्रगतिशिल समूहबाट प्रदेश नं. ३ का सभापति पदका लागि उम्मेदवार बनेका ई. नन्दलाल बन्जाडेले इन्जिनियरिङ क्षेत्रका मुद्धाहरु सम्बोधन गर्न प्रगतिशिल समूह नै आवश्यक रहेको बताएका छन् ।

उनले ३ नं. प्रदेशका इन्जिनियर र इन्जिनियरिङ क्षेत्रको विकास गर्न आफूले उम्मेदवारी दिएको पनि बताए । सामूहिक बिमा, स्टाफ कलेज र इन्जिनियरहरुको सेवा तथा सुविधा वृद्धि गर्नमा आफ्नो ध्यान केन्द्रित भएको बताउदै आज काठमाडौंमा यूवा इन्जिनियरहरुसंगको अन्तरक्रियामा ई.बन्जाडेले यस्तो धारणा राखेका हुन् । इन्जिनियरिङ क्षेत्रका मुद्धाहरु सम्बोधन गर्न पनि ३ नं. प्रदेशमा प्रगतिशिल समूहले जित्नु पर्ने उनको दाबी थियो ।

पुर्व अध्यक्ष महेन्द्र बहादुर गुरुङकै कार्यकालमा एशोसियसनलाई संघीय ढाँचामा लैजान चाहे पनि त्यसपछिका समितिको असयोगले त्यस्तो प्रयास सफल नभएको र हाल आएर मुलुक नै संघीयतामा गएकोले हालको समिति संघीय संरचनामा जान बाध्य भएको ई.बन्जाडेको तर्क छ ।

ई. नन्दलाल बन्जाडेले नेतृत्व गरेको ३ नं. प्रदेश समितिको उप–सभापतिमा ई. डिल्लिराम भट्ट, सचिव ई. प्रदिप अधिकारी, सह–सचिवमा ई.शरद पण्डित, कोषाध्यक्षमा ई. राजन थापा र सदस्यहरुमा ई. दिनेश भाई अधिकारी, ई. सुरज गौतम, ई. हर्ज उम्रिन तुम्रोक लिम्बु, ई. मौसम भण्डारी, ई. सागर न्यौपाने, ई.मदन खकुरेल, ई. सम्झना ढकाल, ई. कपिल रेग्मी, ई. नबिन काफ्ले र ई. सरोज कार्की छन् ।
यस्तै, प्रदेश नं. ३ बाट केन्द्रिय सदस्यको लागि श्याम कृष्ण कार्की चुनावी मैदानमा छन् ।

कमेन्ट गर्नुहोस्