यस्तो पनिः फेसबुकमा प्रहरीले ‘वान्टेड’ भनेर विज्ञापन गर्दा अपराधीले लेखे– आधा घण्टामा आउँछु

वाशिङ्गटन डिसी । अमेरिकामा प्रहरी र अपराधीबीचको एउटा संवाद अहिले चर्चाको विषय बनेको छ ।

अमेरिकी प्रहरीले एकजना अपराधी एन्थोनी एकर्सलाई पक्राउ गर्न फेसबुकमा एउटा विज्ञापन गरे । विज्ञानमा लेखिएको थियो– वान्टेड ।

यो पोष्ट भएको केही समयमा नै अपराधी एन्थोनीले कमेन्ट गरे– म आधा घण्टाभित्र तपाईकहाँ आउँछु ।

यो मजाक थिएन । साँच्चिकै उनले प्रहरीकहाँ पुगेर आत्मसमर्पण गरे ।

तर उनले तीनपटक वाचा गरेपछि बल्ल आत्मसमर्पण गरेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

रिचल्याण्ड प्रहरी विभागले अपराधीलाई पक्राउ गर्न सामाजिक सञ्जालमा विज्ञापन गर्ने गर्दछ । यसलाई वान्टेड विनस्डे पनि भनिन्छ । उक्त विज्ञापनमा एन्थोनी एकर्सलाई पक्राउ गर्न प्रहरी असफल भएकोले कसैसँग उनका बारेमा केही जानकारी भए प्रहरीलाई सूचित गर्न भनिएको थियो ।

विज्ञापन पोष्ट गरेपछि प्रहरीले एउटा सन्देश पाए । त्यसमा लेखिएको थियो– म एन्थोनी एकर्स हो । तपाई नरिसाउनु होला । म आत्मसमर्पण गर्न तयार छु ।

जवाफमा प्रहरीले लेख्यो– यति तिमीलाई ल्याउन प्रहरीको गाडी आवश्यक परे भन्नु ।

एन्थोनले लेखे– अफरका लागि धन्यवाद । म एक महिनाका लागि तपाईको क्षेत्रमा हुने छु । ४८ घण्टाभित्र तपाईकहाँ आउनुे छ ।

तर ४८ घण्टाभित्र पनि एन्थोनी प्रहरीकोमा पुगेनन । त्यसपछि फेसबुमा एकजना युजरले सोधे– के एन्थोनीले आत्मसमर्पण गर्यो ?

प्रहरीको जवाफ थियो– आएन ।

अनि एन्थोनीले माफी माग्दै लेख्यो– डियर रिचल्याण्ड पुलिस, म यतै छु । म आफ्नो वाचा निर्वाह गर्छु नै । यसपटक म आउन नपाएको माफी चाहन्छु तर भोली लन्चटाइम अघि नै तपाई साम् आउने छु । मलाई विश्वास गर्ने कुनै आधार त छैन । तर लन्च अघि आएन भने म फोन गर्छु अनि गाडी पठाइदिनु ।

तर यसपटक पनि एन्थोनी आएन । तर प्रहरीले फेरी कोशिस गरेपछि तेश्रो पटक भने एन्थोनी आयो । उसले प्रहरीका अगाडि समर्पण गर्दै सोसल मिडियामा सेल्फी पोष्ट गर्दै लेख्यो– म आफ्नो स्वीटहर्टसँग डेटमा छु ।

कमेन्ट गर्नुहोस्