एभरेष्ट प्रिमियर लिगः चितवन दोस्रो खेलमा पनि पराजित

काठमाडौं, मंसिर २४ । शनिबारदेखि सुरु भएको एभरेष्ट प्रिमियर लिग (एपिएल) मा चितवन टाइर्गसले लगातार दुई खेलमा हार बेहोरेको छ । चितवनले आफ्नो दोस्रो खेलमा आज काठमाडौं किंग्ससँग ६ विकेटले हार बेहोरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले १९.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६० रन बनायो । १६१ रनको लक्ष्य पछ्याउन मैदान उत्रेको काठमाडौंले १८.५ ओभरमै लक्ष्य भेट्टाउन सफल भयो । यस्तै, आजको दोस्रो खेलमा ललितपुर र पोखरा भिड्दै छन् । खेल कीर्तिपुर क्रिकेट मैदानमा भइरहेको छ ।

कमेन्ट गर्नुहोस्