लगातार बढ्दै सुनको मूल्य, आज कतिले बढ्यो ? हेर्नुस्

काठमाडौं, मंसिर २३ । आज (सोमबार) सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ ।

साताको पहिलो दिन आइतबार ५९ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार बढेर ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज, तेजावी सुनको भाउ पनि  बढेको छ ।

सोमबार ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ५९ हजार एकसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदी पनि आज तोलामा पाँच रुपैयाँले बढेर ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्