मिडियामा सरकारबारे नकारात्मक टिप्पणी मात्र आउँछन्– पूर्वमन्त्री भट्ट

डडेल्धुरा, मंसिर २४ । पूर्वमन्त्री एवं सांसद लेखराज भट्टले पत्रकारले नकारात्मक कुरालाई मात्र नभई सकारात्मक कुरालाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन् ।

आइतबार नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको १३औँ साधारणसभामा बोल्दै सांसद भट्टले भने, ‘मैले पत्रपत्रिका र अनलाइन हेर्छु। सरकारको नकारात्मक मात्रै आउँछ नेपाली मिडिया।’ उनले भने, ‘त्यसले नेपाली जनतामा निराशा दिन्छ।’

पत्रकारले गणतन्त्र ल्याउनमा खेलेको भूमिका उल्लेखनीय रहेको र यसलाई मजबुद बनाउन सकारात्मक भूमिका खेल्ने कि नखेल्ने ? उनले प्रश्ने गरे। विगतका दिनभन्दा संचारमाध्यमप्रतिको आस्था घट्दै गइरहेको पूर्वमन्त्री भट्टको ठम्याई छ। पत्रकारिता पेशालाई अहिलेको आवश्यकता र जनताको चाहनाअनुरूप हामीले रूपान्तरण गर्ने सक्यौँ कि सकेनौँ ? यस विषयमा बहस गर्नुपर्नेमा उनले जोड दिए ।

कमेन्ट गर्नुहोस्