हजारौं समर्थकको माया बटुल्दै राजधानी फर्किए रवि

काठमाडौं, मंसिर २४ । ‘नेपाल आइडल २’ को ‘उत्कृष्ट चार’ मा पुगेका रवि ओड गृह प्रदेश सदूरपश्चिमबाट राजधानी फर्किएका छन् । उनी कयौं समर्थकसँग भेटघाट गर्दै र विभिन्न कार्यक्रममा सहभागिता जनाउँदै आज (सोमबार) रवि राजधानी फर्किएका हुन् ।

रवि तीनदिन अघि आइडलमा ‘अडिसन’ दिएका धनगढी गएका थिए । त्यहाँ रहँदा उनले कैलाली र कञ्चनपुरमा आयोजित विभिन्न महोत्सव एवं सांगीतिक कार्यक्रममा सहभागिता जनाए ।

याे पनि पढ्नुस  आमासँग खुसी पनि साट्न पाएनन् रविले !

रविले आफ्नो तीनदिनको गृह प्रदेशको बसाई फलदायी भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत तीनदिनको समयमा समर्थकबाट सोचेभन्दा पनि बढी माया र हौसला पाएको बताएका छन् ।

कमेन्ट गर्नुहोस्