इपीएलः पोखरा दोस्रो खेलमा पनि पराजित, ललितपुर ८ विकेटले विजयी

काठमाडौं, मंसिर २४ । कीर्तिपुर क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) मा आज भएको दोस्रो खेलमा ललितपुर विजय भएको छ । पोखरा राइनजोलाई आठ विकेटले पराजित गर्दै ललिलतपुर विजयी भएको हो ।

टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६५ रन बनाएको थियो । उसका लागि कप्तान रिचर्ड लेभीले सर्वाधिक ८४ रन प्रहार गरे । १६६ रनको लक्ष्य पाएको ललितपुरले १५.५ ओभरमा लक्ष्य भेटाउन सफल भयो ।

उसका लागि गौरभ तोमारले ८२, जयकिशन कोल्साले ५१, सन्नी पटेल (अविजीत) २० र सोनु तामाङले नटआउट ११ रन बनाए । पोखराको यो लगातार दोस्रो हार हो भने ललितपुरले तीन खेलमा २ मा जित र एकमा हार बेहोरेको छ ।

कमेन्ट गर्नुहोस्