कस्तो छ कर्मचारी समायोजन अध्यादेश ? हेर्नुस् पूर्णपाठ

काठमाडौं, मंसिर २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार कर्मचारी समायोजन अध्यादेश आइतबार जारी गरेकी छन् । सोमबार (आज) राजपत्रमा प्रकाशित भएपछि अध्यादेशले कानुनी रुप लिएको छ । संसदलाई छलेर ल्याइएको अध्यादेशमा कर्मचारीलाई अनिवार्य समायोजन हुनपर्ने व्यवस्था छ ।

अध्यादेश पारित भएसँगै अब श्रेणीविहीनदेखि सह-सचिवसम्मका कर्मचारी समायोजन प्रक्रियामा सामेल हुनेछन् । अध्यादेश अनुसार समायोजनमा सामेल हुने कर्मचारीको दुई ग्रेड थप गरिने छ ।

समायोजन प्रक्रियामा निजामतीतर्फ ८७ हजार र स्थानीय तहतर्फ १७ हजार कर्मचारी सहभागी हुँदैछन् । अध्यादेशमा प्रदेश प्रमुख तथा प्रदेश मन्त्रालयमा सम्भव भएसम्म जेष्ठताको आधारमा खटाइने व्यवस्था गरिएको छ ।

कर्मचारी समायोजन अध्यादेशको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्