शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषयमा ओली र देउबासँग गम्भीर छलफल भएको प्रचण्डको खुलासा

काठमाडौं, मंसिर २४ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कार्यभार पुरा गर्न नेपाली कांग्रेससँगसमेत विशेष छलफल भएको बताएका छन् ।

पोखराको सिकलेसमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका बाँकी रहेका कार्यभार पुरा गर्न प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबा र आफूबीच गम्भीर छलफल भएको बताएका हुन् ।

प्रचण्डले बाँकी कार्यभार छिट्टै पुरा हुने विश्वास पनि व्यक्ति गरे । “एउटा समझदारी बनेको छ । अब यो काम छिट्टै टुंगिन्छ ।” उनले भने । अध्यक्ष प्रचण्डले सिक्लेससम्म पुग्ने सडक पीच बनाउनका लागी सहयोग गर्नेसमेत प्रतिबद्धता जनाए ।

प्रचण्डले पहिलोचोटी कास्कीको सिक्लेसबाट काठमाडौं गएको र त्यस बेला तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले आफुलाई लिन आएको स्मरण गराउँदै सिक्लेसबासी जनताको बारेमा बुझ्ने र उनीहरुसंगै आजको रात बिताउनेसमेत बताए ।

पोखरा महानगरबाट नजिकै रहेरपनि पोखरासँग नजिकै रहेको भएतापनि हालसम्म पनि बाटो राम्रो नभएको सुन्नमा आएको बताउदै आफ्नो तर्फबाट सिक्लेससम्मको बाटो निर्माण र आज सिलान्यास भएको पुल समयमा नै सम्पन्न गर्नका लागी आफ्नो तर्फबाट नैतिक र ब्यवहारिक रुपमा र आफ्नो तर्फबाट सहयोग हुने बताए ।

कमेन्ट गर्नुहोस्