निर्मला पन्तको गृहनगरमा १६ दिने महिला हिंसाविरुद्धको अभियान समापन

महेन्द्रनगर, २४ मंसिर

भीमदत्त नगरपालिकामा सञ्चालन गरिएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सोमबार औपचारिक रुपमा समापन गरिएको छ । लैङ्गिक हिंसा र दुव्र्यहार, छैन हामीलाई स्वीकार भन्ने नाराका साथ भीनपा–९ ब्रह्मदेबबाट मंसिर ९ गतेदेखि अभियान सुरु गरिएको थियो । भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले अभियान उद्घाटन गरेका थिए ।

ब्रह्मदेबबाट सुरु गरिएको अभियान अन्र्तगत १६ दिनमा लैङ्गिक हिंसा न्यूनीकरणका लागि नगरपालिका क्षेत्रमा विभिन्न संघ संस्थाहरुसित सहकार्य गरी कार्यक्रम गरिएका छन् ।

भीमदत्तका कार्य वाहक नगर प्रमुख सुशिला चन्द सिहको प्रमुख आतिथ्यमा भीनपा कार्यालयमा कार्यक्रम गरी सोमबार औपचारिक रुपमा समापन गरिएको छ । समापनमा अभियानको समीक्षा समेत गरिएको छ ।

भीनपा नगर कार्यपालिका सामाजिक विकास शाखा लैङ्गिक समानता तथा सामाजिक सुरक्षा उप शाखाले आयोजना गरेको कार्यक्रमको सभापतित्व समाजिक विकास समितिका सभापति हरक सिह धामीले गरेका थिए ।

कार्यक्रममा कार्य वाहक प्रमुख चन्दले १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानले हिंसा न्यूनीकरणमा टेवा पुगेको बताइन् ।

‘हिंसा राम्रो कुरा होइन, विभिन्न कारणले समाजमा हिंसा छ, यसले समाजको विकास हुन सक्दैन’ उनले भनिन्, ‘यो अभियानबाट समाजमा सचेतना फैलिएको छ , महिला पुरुष सचेत भएका छन्, यसबाट हिंसा न्यूनीकरणमा सहयोग पुग्ने आशा लिएकी छु ।’
महिला पुरुषमाथिको हिंसा सामाजिक विकासको वाधक भएको उल्लेख गर्दै कार्य वाहक नगर प्रमुख चन्दले समाजमा आरोप प्रत्यारोप लगाएर पनि हिंसा पीडित बनाइने गरेको बताइन् ।

‘कुटपिट, यातना मात्रै हिंसाका रुपमा छैनन्, अर्काको चरित्र हत्या गर्ने गरी आएका कुरा पनि छन्, तिनले पनि हिंसा गरिएको छ’ उनले भनिन्,‘अर्काको बारेमा कुरा नबुझी आरोप लगाएर पीडित बनाउने कार्य गरिएको छ ।’
संविधानमा महिला हक अधिकारका कुरा ग्यारेन्टी गरेकाले हक अधिकारका लागि सबैले एक हुनु पर्ने उनको भनाई थियो ।

१६ दिने अभियानमा बाँडिएको सेतो क्रस रिबनको अर्थ समाजका सबैलाई बुझाउन आवश्यक रहेको उल्लेख गर्दै उनले नगरपालिका सबै क्षेत्रसित सधैंै सहकार्य जाने बताइन् ।

कार्यक्रमका सभापति सामाजिक विकास समितिका सभापति धामीले लैङ्गिक ंिहसा विरुद्धको १६ दिने अभियानमा साथ दिने सबैलाई धन्यवाद दिदैं हिंसा न्यूनीकरणका लागि नगरपालिकाले सबै क्षेत्रसित सहकार्य गर्ने बताए ।

‘सीमित स्रोत साधनका बाबजुद यो कार्यक्रम गरिएको छ, आगामी दिनमा यसलाई अझै राम्रो र प्रभावकारी बनाउन आवश्यक छ’ उनले भने,‘साथ सहयोग गर्ने सबैमा धन्यवाद दिन चाहन्छु ।’

निर्मला पन्त हत्या प्रकरणमा भीमदत्त नगरपालिकालाई आवश्यक रुपमा मुछेर विवादित बनाउन खोजेकोमा समितिका सभापति धामीले असन्तुष्टि जनाए ।
‘निर्मला हत्या प्रकरणमा भीमदत्त नगरपालिका गम्भीर छ, त्यसमा संलग्नलाई पक्राउ गरी काननु अनुसार हदैसम्मको कारवाही गर्न माग गर्दै आएको छ’ उनले भने,‘नगरपालिका र विशेष गरी नगर प्रमुखज्यूलाई अनावश्यक रुपमा मुछेर विवादमा ल्याउने जुन कार्य गरिएको छ, त्यो कुन नियतका साथ गरिएको छ ,त्यो राम्रो भएको छैन, यसले समाजमा राम्रो सन्देश गएको छैन ।’

भीनपाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्माले लैङ्गिक हिंसा न्यूनीकरणका लागि घरबाट अभियान सञ्चालन गरिनु पर्नेमा जोड दिए । ‘हिंसा न्यूनीकरणका लागि घरबाटै अभियान चलाउनु पर्छ, यसलाई न्यूनीकरणका लागि हामी सबैको महत्वपूर्ण भूमिका हुन्छ’ उनले भने ।

लैङ्गिक समानता तथा सामािजक सुरक्षा उप शाखाका प्रमुख राधिका पन्तले अभियान अन्र्तगत सञ्चालन गरिएको कार्यक्रमबारे जानकारी दिइन् ।
ब्रह्मदेबमा ¥याली गरी सुरु गरिएको अभियान अन्र्तगत मानव बेचबिखन सम्बन्धी सरोकारवालासंग कार्यक्रम, अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा ¥याली तथा कार्यक्रम, ज्येष्ठ नागरिकसित कार्यक्रम, बाल विवाह न्यूनीकरणकराणका लागि कार्यक्रम, हाजिरी जवाफ प्रतियोगिता, बाल श्रम न्यूनीकरणका लागि अन्र्तक्रिया लगायतका कार्यक्रम गरिएका छन् ।

समापन कार्यक्रममा भीनपा वडा नं. ११ का वडा अध्यक्ष प्रेम प्रसाद जैसी, प्रशासकीय अधिकृत हरि सिह धामी सहित विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी भएका छन् ।
कार्यक्रममा नागरिक समाजका प्रभुनिधि पन्त, द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रका अध्यक्ष सीता बोहरा, अधिकारकर्मी भगवती थापा, भारती सिह, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णुदत्त अवस्थी, नेपाल अपाङ्ग महिला संघकी सरस्वती बुढाथोकी, माइती नेपालका महेश्वरी भट्ट, गैर सरकारी संस्था महासंघ कञ्चनपुरका सचिव अमिर तिरुवा, निड्सका भुवनेश्वरी जोशी लगायतले अभियानबारे आ–आफ्नो धारणा राखेका थिए ।
अभियान समापनका अवसरमा सोमबार साँझ मदनचोकमा दिप प्रज्वजन गरिएको छ । ल्याटिन अमेरिकीबाट सन् १९६० देखि लैङ्गिक हिंसा विरुद्धको अभियान मनाउन सुरु गरिएको हो ।

कमेन्ट गर्नुहोस्