पूर्व मन्त्री लेखराज भट्टको प्रश्न– के सरकारले राम्रा काम गरेकै छैन त ?

डडेल्धुरा, २४ मंसिर । पूर्वमन्त्री एवं सांसद लेखराज भट्टले नेपाली मिडियाले नकारात्मकभन्दा सकारात्मक विषयलाई जोड दिनुपर्ने बताएका छन् ।

आइतबार नेपाल पत्रकार महासंघ, डडेल्धुरा शाखाको १३ औं साधारणसभालाई सम्बोधन गर्दै भट्टले भने, ‘मैले पत्रपत्रिका र अनलाइन दुवै हेर्छु । नेपाली मिडियामा सरकारका नकारात्मक कुरामात्रै आउँछ ।’ उनले त्यस्ता खाले समाचार सामग्रीले जनतालाई निराश पार्ने उल्लेख गरे । उनले सरकारका राम्रा कामहरुलाई पनि मध्यनजर गर्न आग्रह गरे ।

उनले गणतन्त्र स्थापनाका लागि पत्रकारले सकारात्मक भूमिका खेलेको स्मरण गर्दै यसलाई मजबुत बनाउन सरकारले भूमिका खेल्नुपर्ने बताए । भट्टले विगतको तुलनामा अहिले सञ्चारमाध्यमप्रतिको आस्था घट्दै गइरहेको उल्लेख गरे ।

कमेन्ट गर्नुहोस्