भारतद्वारा ५ हजार किलोमिटरसम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्रको परीक्षण

एजेन्सी । भारत परमाणु हतियारमा सक्षम मानिने ब्यालेस्टिक क्षेप्यास्त्र ‘अग्नि–५’ को परीक्षण गर्न सफल भएको छ ।

ओडिशाको तटीय क्षेत्रमा रहेको डाक्टर अब्दुल कलाम द्वीपबाट यो क्षेप्यास्त्रको परीक्षण गर्न सफल भएको हो । यो क्षेप्यास्त्रले ५ हजार किलोमिटर परसम्म प्रहार गर्न सक्ने सामर्थ्य राख्दछ ।

रक्षा सुत्रलाई उद्धृत गर्दै पीटीआईले यो क्षेप्यास्त्र भारतमै विकसित गरिएको बताएको छ ।

पीटीआईका अनुसार ‘अग्नि–५’ तीन चरणमा प्रहार गर्न सकिने खालको मिसाइल हो । यसमा १–५ टनसम्म परमाणु हतियार बोक्न सक्छ । यसको लम्बाइ १७ मिटर रहेको छ भने दुई मिटर चौडाइ रहेको छ ।

कमेन्ट गर्नुहोस्