तपाइको सहयाेगले बाँच्न सक्छन् ब्रेन ट्युमर भएका ५ वर्षीय सुलभ, सहयाेगका लागि अपील

काठमाडौं । आर्थिक अभावका कारण कयौं मानिसले अकालमै ज्यान गुमाउनु पर्ने बाध्य छ । पारिवारीक आर्थिक स्थित असाध्यै कमजोर हुँदा उपचार अभावमा कयौंले कलिलै जीवनमा संसार छोड्छन् ।

धेरै मानिस उपचार नपाएर मृत्युसँग लड्दै छन् । उनीहरु मनकारी व्यक्तिको खोजीमा छन् । र, आफ्नो ज्यान जोगाउन आग्रह पनि गरिहरेका छन् ।

यसैबीच, काभ्रेपलाञ्चोकको साबिक गोठपानी गाविस तथा हाल चौरिदेउराली गाँउपालिका वडा नं ९ का राजकुमार ढुंगानाका छोरा पनि आर्थिक अभावले जीवनमरणको दोसाँधमा छन् ।

ढुंगानाका पाँच वर्षीय छोरा सुलबलाई एक्कासी ८.५ सिएमको ब्रेन ट्युमर भयो । र, ती बालक आर्थिक सहयोगको अपेक्षामा छन् । घरको आर्थिक स्थित निकै नाजुक छ ।

सुलबको तुरुन्त अप्ररेशन गर्नुपर्ने अस्पतालले बताएको छ । तर, अप्ररेशन गर्ने पैंसा छैन । अस्पतालले बालकको अप्ररेशन गर्न ८ देखि ९ लाखसम्म लाग्ने बताएको छ । बालकको अहिले टिचिङ अस्पताल बाल वाड ९१८ मा उपचार भइरहेको छ ।

यदि तपाई ती बालकलाई सहयोग गर्न चाहनुहुन्छ भने उनका दाई नहकुल चौलागाइँलाई ९८४९३३१५६४ नम्बरमा सम्पर्क गरेर बुझ्न सक्नुहुने छ ।

कमेन्ट गर्नुहोस्