संघीय संरचनामा थप २३ हजार कर्मचारी आवश्यक

काठमाडौं, मंसिर २५ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संघीय संरचनामा थप २३ हजार कर्मचारी आवश्यक पर्ने बताएका छन् ।

प्रदेश अन्तर परिषद् बैठकमा भएको छलफलका क्रममा आवश्यक कर्मचारी लोक सेवा आयोगबाट माग गर्दै जाने विषयमा छलफल भएको उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टी गुल्मी काठमाडौं निर्वाचन क्षेत्र नं १ ले सोमबार यहाँ आयोजना गरेको नेता, कार्यकर्ता, मतदाता, शुभचिन्तकको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले गुल्मी जिल्लालाई दुईवटा राजमार्गले जोड्न लागिएको जानकारी दिए ।

‘मदन भण्डारी राजमार्ग र कालीगण्डकी कोरिडोरले गुल्मीलाई जोडिन्छ, रेसुङ्गा विमानस्थलमा यसै वर्षदेखि स्थायी रुपमा उडानको व्यवस्था हुन्छ’ उनले भने ।

जिल्लाका रुरु, रेसुङ्गा र सत्यवतीलाई पर्यटकीयस्थलका रुपमा सरकारले घोषणा गरेकाले धार्मिक पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने मन्त्री ज्ञवालीको भनाई थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय कमलराज श्रेष्ठ र दिनेशकुमार पन्थीले रुरु रिडी क्षेत्रको गुरुयोजना निर्माण गर्न प्रदेश सरकारले रु दुई करोड बजेट विनियोजन गरेको जानकारी दिए । रासस

कमेन्ट गर्नुहोस्