इटहरीको लक्ष्मी फम एण्ड लुपम्याट इन्डस्ट्रिजमा आगलागी

२५ मंसिर, इटहरी । इटहरीको खनारस्थित लक्ष्मी फम एण्ड लुपम्याट इन्डस्ट्रिज प्रालिमा आगलागी भएको छ । मंगलबार बिहान ७ः२५ बजेतिर लागेको आगो निभाउने प्रयास जारी छ ।

आगलागीको कारण खुलेको छैन ।

आगो निभाउन सात वटा दमकल प्रयोग गरिएको छ । आगो नियन्त्रणको प्रयासमा सशस्त्र, नेपाल प्रहरीको टोली पनि खटिएका छन् । आगो नियन्त्रणमा आइनसकेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

याे पनि पढ्नुस  अनलाइन सेवाबाटै चालक अनुमतिपत्र प्रदान गरिने

इटहरी, बिराटनगर चोक, दुहबी, धरान लगायतका स्थानका दमकल प्रयोग गरिएको र अन्य दमकल पनि आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

भानु अग्रवालको यो कम्पनीले डोर म्याट लगायतका सामग्री उत्पादन गर्दछ ।

कमेन्ट गर्नुहोस्