मानव मस्तिष्कलाई भविष्यका लागि बचाउने प्रविधि पत्ता लगाउने वैज्ञानिकको मस्तिष्क ‘फ्रिज’

एजेन्सी । मानव मस्तिष्कलाई पुनः प्रयोग गर्न सकिन्छ भनेर सपना देखाउने रुसी वैज्ञानिक डा. युरी पिचुगिनको मृत्यु भएपछि उनको मस्तिष्कलाई उनले नै आविष्कार गरेको प्रविधिको मद्दतले ‘फ्रिज’ गरिन थालेको छ ।

‘क्रायो प्रिजर्भेसन’ भनिने डा. पिचुगिनद्वारा आविष्कार गरिएको प्रविशी प्रयोग गरे उन्ज्को मस्तिष्कलाई माइनस १९६ डिग्री सेल्सियस तापमानमा ‘फ्रिज’ गरिन लागेको हो । यसरी फ्रिज गरिएको मस्तिष्कलाई भविष्यमा प्रयोग गर्न सकिने बतैएको छ ।

सुरुमा प्रसिद्ध प्रेत कथा ‘फ्रेन्कस्टाइन’को नाम दिइएको यस प्रविधि अन्तर्गत फ्रिज गरिएको मस्तिष्कलाई भविषमा पुनः प्रयोग गर्न सकिने बताइएको छ ।

पछिल्लो समय यसको पक्षमा थिएनन् युरी

रुसको कम्पनी ‘क्रयोरस’ले उनको मस्तिष्क ‘फ्रिज’ गरेको हो । उक्त कम्पनीका प्रवक्ता भेलेरिया उदालोभाले युरीको हृदयघातका कारण मृत्यु भएको बताए । छिमेकीहरूले उनको शव घरबाहिर भेटाएका थिए । उक्त समय त्यहाँको तापक्रम माइनस ७ डिग्री सेल्सियस रहको बताइएको छ ।

डा. युरीले २०१२ मा नै आफ्नो मस्तिष्कलाई करायो प्रिजर्भेसन गर्नु पर्ने अनुबन्ध गरेका थिए । क्यानाडामा बस्दै गरेका उनका छोराले यो कुरा थाहा पाउने बित्तिकै उनले यस कुराको अनुमति दिएका थिए ।

अमेरिका र रुसमा प्रयोग हुन्छ यो प्रविधि

हाल अमेरिका र रुसमा उनको प्रविधि प्रयोग हुने गर्दछ । यसले भविष्यमा विज्ञानको क्षेत्रमा प्रगतियो हुँदै जाँदा यसरी सुरक्षित राखिएको मस्तिष्कलाई पुनः प्रयोग गर्ने मौका मिल्ने वैज्ञानिकहर्रू बताउँछन् । यस प्रक्रियामा निकै ठुलो रकम खर्च हुने बताइन्छ ।

स्वयम् डा. युरी भने पछिल्ला केही वर्ष यता यस प्रविधिद्वारा मस्तिष्कलाई सुरक्षित राख्ने कुराको पक्षमा थिएनन् । उनका अनुसार उनलाई आफ्नै आविष्कारमा अविश्वास भएको नभई यसले नैतिकतामाथि प्रश्न उठ्ने भएकाले मानवताको यो रुप उनलाई मन पर्दैछन् ।

अवैज्ञानिकहरूका अनुसार यसरी ‘फ्रिज’ गरेर सुरक्षित गरिएका मस्तिष्कहरूलाई भविष्यमा केही दशक या शताब्दी पछि प्रयोग गर्न सकिने छ । यस्ता मस्तिष्कलाई कुनै अर्को शरीरमा पत्यरोपन गराउन सकिने र त्यसबाट उक्त व्यक्तिका स्मृतिहरू समेत काम लाग्न सक्ने बताइएको छ ।

जुन प्रयोगशालामा डा. युरीको मस्तिष्क सुरक्षित राखिएको छ त्यहाँ अरू ६० जनाको मस्तिष्क पनि क्रायोजेनिक प्रविधिद्वारा सुअक्षित राखिएको छ । यसका अतिरिक्त ३२ वटा घरपालुवा जनावरका मस्तिष्क पनि उक्त प्रयोगशालामा सुरक्षित राखिएको छ ।

 

कमेन्ट गर्नुहोस्