अफगानिस्तानमा झडप, १९ को मृत्यु

काबुल, मङ्सिर २५ । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक झडपमा  ८ प्रहरी अधिकारी लगायत कम्तीमा पनि १९ जनाको मृत्यु भएको छ ।

एक स्थानीय अहिकारीले दिएको जानकारी अनुसार तालिबान लडाकुहरूको० आक्रमणपछि भएको उक्त झडपमा ११ जना तालिबान लडाकुहरू समेत मारिएका छन् ।
सिन्हावाका अनुसार कान्दाहार प्रान्तको आर्घिस्तान  जिल्लाको सनदर्ज इलाकामा रहेको एक प्रहरी चौकीमा अज्ञात सङ्ख्यामा आएका सशस्त्र लडाकूहरुले आक्रमण गरेका थिए ।
सो आक्रमणमा क्रममा सरकारी सुरक्षाबल र लडाकूबीच भीषण झडप भएको प्रान्तीय सरकारका प्रवक्ता आजिज अहमद आजिजले जानकारी दिएका छन् ।
तालिबान लडाकू समूहको बलियो पकड रहेको कान्दाहार प्रान्तमा हाल सुरक्षा व्यवस्थामा राम्रो सुधार आएको बताइंदै गर्दा यो आक्रमण भएको हो । उक्त इलाकामा तालिबान लडाकू समूहले सरकारले सुरक्षा बढाएको ठाउँहरूमा बारम्बार आक्रमण गर्दै आएका छन् ।

याे पनि पढ्नुस  भियाग्राका फाइदा; तालेबानलाई हराउने देखि बाघ संरक्षणसम्म

एजेन्सी

कमेन्ट गर्नुहोस्