सुनको मूल्य फेरि बढ्यो, प्रतितोला ६० हजार !

काठमाडौं, मंसिर २५ । सुनको भाउ हाज पनि बढेको छ । सोमबार ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज ६ सय रुपैयाँ बढ्दै प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक सातामानै सुन प्रतितोला १७ सय रुपैयाँ बढेको छ। एक साता अगााडि प्रतितोला ५८ हजार ३ सयमा कारोबार भएको सुन आज ६० हजार रुपैयाँ पुगेको हो।

याे पनि पढ्नुस  सुनको मूल्य आकाशियो

चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन ७ सय २५ रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो । हिजोको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो। एक साता यता चाँदीको मूल्य २० रुपैयाँले बढेको हो।

कमेन्ट गर्नुहोस्