समर्थक भन्छन्, ‘नेपाल आइडलको उपाधि रविले नै जित्छ’

काठमाडौं, मंसिर २५ । नेपाल आइडलको दोस्रो संस्करणको ‘टप ४’ मा पुग्न सफल रवि ओडको चर्चा अहिले चौतर्फी छ । सुदूरपश्चिमको ‘धनगढी अडिसन’ बाट आइडलमा सहभागी भएका रवि उत्कृष्ट प्रस्तुतिका कारणले नै चौतर्फी चर्चा बटुल्न सफल भएका हुन् ।

उनका समर्थक दिनहुँ बढिरहेका छन् । र, रवि निकै उत्साहित छन् । आइडलको ‘टप ४’ मा पुगेका उनी अब आइडलको उपाधि जित्न सक्लान् कि नसक्लान् निकै चासोकासाथ हेरिएको छ । दोस्रो नेपाल आइडल रवि बन्ने सम्भावना कति ?

रवि आइडलको उपाधि जित्ने मध्येका प्रमुख दाबेदार हुन् । उनले अहिलेसम्म राम्रो भोट पाउँदै ‘टप ४’ मा स्थान सुरक्षित गर्न पनि सफल भएका छन् । साथै, रवि हालसम्मको अंकमा ‘डेन्जर जोन’ मा पनि परेका छैनन् ।

यसले गर्दा पनि उनले उपाधि जित्नसक्ने सम्भावना बलियो देखाउँछ । रविले उपाधि जित्ने अरु कारण मध्ये उनी सुदूरपश्चिम प्रदेशबाट आइडलमा सहभागि एक मात्र प्रतिस्पर्धी हुन् । यसबाहेक उनले उपाधि जित्न सक्ने थुप्रै कारण छन् ।

उपाधि भिडन्त नजिकिएसँगै रविका समर्थक पनि त्यहीअनुसार बढिरहेका छन् । नेपालमा मात्र नभई उनका विदेशमा पनि हजारौं समर्थक छन् । यसले गर्दा पनि रवि दोस्रो नेपाल आइडल बन्न सक्छन् । तर, रविले अघिल्लो साताको शुक्रबारको अंकमा ‘लिरिक’ बिर्गादा केही समर्थक निराश भएका छन् ।

कतिपय व्यक्तिले त रविलाई लिरिक बिगारेको व्यक्ति पनि ‘टप ४’ मा भनेर मजाक गरिरहेका छन् । अब यो साता उनले अघिल्लो हप्ताको गल्तिलाई सुधार गर्दै ‘दमदार’ प्रस्तुति दिनपर्ने हुन्छ ।

यदि यो पटक रविले उत्ृकष्ट प्रस्तुति दिन सके आइडलको उपाधि जित्नेमा समथर्क ढुक्क हुने छन् । रविले उपाधि नजित्न सके पनि तेस्रोसम्म हुन सक्छन् । तर, समर्थकले भने उपाधि रविबाहेक अरुले जित्न नसक्ने दाबी गरिरहेका छन् । रविप्रति समर्थकको उत्साह अत्यधिक भएकाले यो पटकको उपाधि उनैले जित्ने समर्थकको अपेक्षा छ ।

आइडलकाबारेमा लेखिएका समाचारमा पनि टिप्पणी अरु प्रतिस्पर्धीभन्दा रविबारे धरै देखिन्छन् । यसले पनि के जनाउँछ भने समर्थकमा रवि नै आइडल भएको चाहना छ ।

अब हेरौं उनले समर्थकको अपेक्षा पूरा गर्न सक्छन् या सक्दैनन् । हुन त सबै कुरा रविमा मात्र छैन । अब उपाधि जिताउने जिम्मा दर्शकलाई नै छ । यसकारण रविले समथर्कबाट धेरै भोट पाए दर्शकस्रोताको मनसँगै उपाधि पक्का जित्न सक्छन् । उनीसँगै आइडलको ‘टप फोर’ मा बिक्रम बराल, अस्मिता अधिकारी र सुमित पाठक पनि छन् ।

कमेन्ट गर्नुहोस्