एभरेस्ट प्रिमियर लिगः लगातार तेस्रो खेलमा पनि चितवन पराजित

काठमाडौं, मंसिर २५ । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा चितवन टाइगर्स लगातार तेस्रो खेलमा पनि पराजित भएको छ । आज भएको खेलमा भैरहवा ग्लाडिएर्टसँग चितवन १२ रनले पराजित भयो ।

कीर्तिपुरस्थित टियू मैदान भएको खेलमा भैरहवाले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३१ रन मात्र बनाउन सक्यो।

चितवनका लागि  पाउल स्टर्लिङले ३८, सन्दीप सुनारले ९, कप्तान पृथु बाँस्कोटाले ३, दीपेन्द्रसिंह ऐरी ३ रनमै आउट हुँदा भीम सार्की रन नै जोड्न नपाई रनआउटको सिकार भए।

चितवनको स्कोरबोर्डलाई गति दिएका जोन २६, जर्ज स्कट २, दिलीप नाथ १२, ललित भण्डारी ४ रनमा आउट भए। सहाव अलामले २४ बल खेलेर नटआउट १६ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन।

भैरहवाका लागि कप्तान सरद भेषवाकर र रवि इन्दर सिंहले २-२ विकेट हात पारे। रायन टेन, भुवन कार्की र अभिनास बोहोरोले १-१ विकेट लिए। यस्तै भैरहवाले चितवनका २ ब्याट्सम्यानलाई रनआउटको सिकार बनायो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवा ३ बल खेल्न बाँकी छदा १ सय ४३ रनमा अलआउट भयो। भैरहवाका लागि प्रदीप ऐरीले २६, कुशल मल्ल ३, रवि इन्दर सिंहले २५, रायन टेन डोस्काटेले ३५, कप्तान शरद भेषवाकरले १, आरिफ शेखले १८ रन, पुनित मेहराले १२ रन, रोहित कुमार पौडेलले ४ रन, कृष्ण कार्कीले ९ रन जोडेका थिए भुवन कार्की र अभिनास बोहोराले खाता खोल्न सकेनन्।

बलिङमा चितवनका सागर ढकालले ३ विकेट लिन सफल भए। यस्तै जर्ज स्कटले २ विकेट लिए भने पाउल स्टर्लिङ्, दीपेन्द्रसिंह ऐरी र ललित भण्डारीको नाममा १-१ विकेट रह्यो।

कमेन्ट गर्नुहोस्