बलिउडका सर्वाधिक महंगा ५ गायिका, सुन्दरतामा हिरोइनलाई टक्कर दिन्छन् !

मुम्बइ। बलिउडमा कैयौं नयाँ नयाँ गायन प्रतिभाहरु भित्रिएका छन् । केही बलिउडमा स्थापित भएका छन् भने केही टिक्न नसकेका पनि छन् ।

आजको समयमा गायक गायिकाहरु आफ्नो स्वरका साथै आफ्नो लुकलाई पनि ध्यान दिन्छन् । आउनुहोस् बलिउडका ५ गायिकाको बारेमा जानौं जो सुन्दर हुनुका साथै बलिउडमा सबैभन्दा महंगा गायिका पनि हुन् ।

१. श्रेया घोषालः श्रेया घोषाल पछिल्लो समय बलिउडमा सबैभन्दा चर्चित गायिकामा पर्छिन् । श्रेयाले निकै कम उमेरमै गाउन सुरु गरेकी थिइन् । श्रेयाले अहिले एउटा गीत गाएवापत करिब २० लाख रुपैयाँ पारिश्रमिक लिन्छिन् ।

२. सुनिधि चौहानः सुनिधिले ४ वर्षको उमेरदेखि नै गाउन सुरु गरेकी थिइन् । १८ वर्षको उमेरमा सुनिधिले पहिलो विवाह गरिन् जो सफल हुन सकेन । त्यसपछि २०१२ मा उनले दोस्रो विवाह गरिन् । सुनिधि एउटा गीतको लागि १२ देखि १५ लाख पारिश्रमिक लिछिन् ।

३. नेहा कक्कडः नेहाले आफ्नो करिअरको सुरुवात टिभी रियालिटी शो इण्डियन आइडलबाट गरेकी थिइन् । आज नेहा बलिउडकी सबैभन्दा हिट र ग्ल्यामरस गायिका हुन् । अहिले उनी इण्डियन आइडलका जजको रुपमा देखिन थालेकी छिन् । नेहा एउटा गीतको लागि १० देखि १२ लाख रुपैयाँ पारिश्रमिक लिन्छिन् ।

४. अलिशा चिनोयः अलिशा चिनोय पनि आफ्नो सुन्दरता र मिठो आवाजका कारण प्रसिद्ध छिन् । अलिशा बलिउडकी पुरानी गायिका हुन् । उनको नाम पनि बलिउडका महंगा गायिकामा पर्छ । अलिशा एउटा गीत गाएवापत ७ देखि ८ लाख रुपैयाँ पारिश्रमिक लिन्छिन् ।

५. मोनाली ठाकुरः मोनाली ठाकुर उच्चच स्तरकी गायिका हुनुको साथै उच्चस्तरीय अभिनेत्री पनि हुन् । मोनालीले आफ्नो करिअरको सुरुवात गायन रियालिटी शो इण्डियन आइडलबाट गरेकी थिइन् । उनी एउटा गीतको लागि ४ देखि ५ लाख रुपैयाँ पारिश्रमिक लिन्छिन् । डिसी नेपालबाट साभार

कमेन्ट गर्नुहोस्