गगन थापा भन्छन्, ‘ओली इतिहासकै बलियो प्रधानमन्त्री’

उर्लाबारी, मंसिर २५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली इतिहासकै सबैभन्दा बलियो प्रधानमन्त्री भएको बताएका छन् ।

नेपाली कांग्रेस उर्लाबारी नगर समितिले मंगलबार यहाँ आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका थापाले विपी कोइरालाको दुई तिहाईको सरकारका बेला पार्टीभित्र र बाहिर सबैतिर दबाब रहेको स्मरण गर्दै हालका प्रधानमन्त्रीलाई त्यस्तो कुनै दबाब नरहेको धारणासमेत राखे ।

उनले वर्तमान सरकारले देशलाई समृद्धितर्फ अगाडि बढाउनुपर्नेमा त्यस्तो संकेत नदेखिएको बताए । नेता थापाले सरकारको बारेमा आलोचना गर्नुभन्दा पनि अबका चार वर्ष पार्टी सङ्गठन सुदृढिकरण गर्दै जनताको मन जितेर आगामी निर्वाचनमा विजयी हासिल गर्ने गरी काङ्ग्रेस अघि बढ्नुपर्नेमा जोड दिए । रासस

कमेन्ट गर्नुहोस्