ईन्जिनियरिङ चुनाव ‘पिन’ ले जितिसक्यो, ‘सिडेन’ सँग एजेण्डै छैनन्ः छविराज पोख्रेल

काठमाडौं, मंसिर २५ । नेपाल ईन्जिनियर्स एसोसियसन (नेईए) का महासचिव पदका उम्मेदवार छविराज पोख्रेलले यसपटकको नेईए चुनाव, नेपाल इन्जिनियर्स एसोसिएसन (पिन) ले जितिसकेको दावी गरेका छन् ।

३० वटा कार्यकाल हाँकेको लोकतान्त्रिक समूह (सिडेन) ले कुनै नयाँ एजेण्डा प्रस्तुत गर्न नसक्दा चुनावी माहोल पिनको पक्षमा गइसकेको पोख्रेलको भनाई छ । पिनले प्रस्तुत गरेका एजेण्डाको प्रतिक्रिया दिएर सिडेनका उम्मेदवारहरु बसिरहेको भन्दै उनले नेईएको भूमिकालाई बढाउन निर्वाचित भएर आउने पिनको टिमले महत्पवूर्ण भूमीका निर्वाह गर्ने दावी गरे । ‘उहाँहरुसँग एजेण्डै छैनन् ।

हाम्रा एजेण्डामा प्रतिक्रिया दिएर बसेर त हुँदैन नि’, पोखरेल भन्छन् ‘तर, हामीले राजनीतिक आस्थाका आधारमा हेरेका छैनौं । सबैको साझा भएर काम गर्छौं । भनेर सबै पक्षसँग भोट मागिरहेका छौं ।’

जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडका सीइओ समेत रहेका नेइएका महासचिव पदका उम्मेदवार पोख्रेलले पिनले चुनाव जितेपछि नेईएको सरकारसँगको सम्बधमा समेत क्रमभंगता आउने दावी गरेका छन् ।

‘विगतमा सरकारसँगको सम्बन्ध केवल राजनीतिक र के का लािग भने जस्तो भयो’, उनी भन्छन्, ‘हामी सरकारलाई सहयोग नै गरेर आर्थिक विकास र समृद्धिमा ईन्जिनियरहरुको भूमीकालाई अझ प्रभावकारी बनाउने वातावरण बनाउछौं ।’

चुनाव जितेर गएपछि बिभिन्न ईन्जिनियरर्स सोसाईटीहरुलाई एकिकृत गर्ने समेत आफ्नो चाहना रहेको उनले बताए । सोसाइटी अफ नेप्लिज आर्किटेक्ट (सोना), सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्मस् (स्केफ), सोसाईटी अफ मेकानिकल ईन्जिनियर्स अफ नेपाल, जियोटेक्निकल सोसाईटी, ईन्जिनियर स्टक्चरल ईन्जिनियर्स सोसाईटी, लगायतका फ्याकल्टीका सोसाईटीहरु रहेको तर उनीहरुको भूमीका प्रभावकारी हुन नसकिरहेको अवस्थामा पोखरेलले ती बिभिन्न सोसाइटीहरुलाई एकिकृत गर्ने र ती सोसाइटीहरुको भूमीकालाई अझ प्रभावकारी बनाउने काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

‘ती सोसाईटीहरुलाई एपकिकृत गर्ने बिभिन्न तालिमहरु प्रदान गर्ने जस्त विषयमा र उक्त सोसाइटीसँग सम्बन्धित विषयमा उनीहरुसँगै छलफल गरेर अगाडि बढ्ने योजना छ ।’ पोखरेलले भने ।

३२ औं कार्यकारिणि चुनावमा उठेका कतिपय उम्मेदवारहरुले नै ती ईन्जिनियर्स सोसाईटीहरुलाई अगाडि बढाउने एजेण्डा बनाइरहेका छन् । त्यसलाई पूर्ण सहयोग गरेर नेईएलाई सबै सोसाईटीहरुको छाता संगठन बनाइने पोखरेलले बताएका हुन् ।

शनिवार मात्रै पिनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ७ बुँदे ज्ञापनपत्र बुझाउँदै ईन्जिनियरहरुलाई काममा खटाउनुअघि तालिम दिनुपर्ने र त्यसका लागि सरकारले सहयोग गर्नुपर्ने माग राखेका थिए । सरकारसंगका सहकार्यमा हुने तालिमहरु सञ्चालन गर्ने जिम्मा वा सहकार्य ती सोसाईटीहरुसँग हुने पोखरेलको भनाई छ ।

प्रधानमन्त्रीसँगको भेटमा पिनले पुनर्निमार्णका खटिएका टोलीले विगतमा खाइपाइ आएको भत्ता रोकीएकाले त्यसलाई सुचारु गर्नुपर्ने, ईन्जिनिनियरिङ स्टाफ कलेज खोल्नुपर्ने, ईन्जिनियसरहरुको सामुहिक बिमा, न्युनतम तलब तोकिनुपर्ने लगायतका माग पनि राखेका थिए ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले पिनका माग अनुसार सबै मागहरु पुरा गर्ने आश्वासन दिएको नेईएका केन्द्रिय सदस्य एवम हालमा नेईएका महासचिव उम्मेदवार पोख्रेलेले बताए । ‘तपाईहरुको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक छ भनेर प्रधानमन्त्रीले भन्नुभयो ।’ पोख्रेलले उल्लेख गरे ।

प्रगतिशिल समूहले सारेको समृद्धिको योजनामा प्रधानमन्त्रीदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट समेत प्रभावित भएको उनले बताए । ‘हामीले प्रधानमन्त्री र श्रममन्त्रीज्युसँग आफ्ना कुरा राखेका छौ, आउँदो बजेट अधिबेशनसम्म सम्बोधन गर्ने र इन्जिनियर ऐन निर्माण गर्ने कुरामा सहमत नै हुनुहुन्छ ।’

पोख्रेल भन्छन्, ‘इन्जिनियर सरकार र संस्थाको जागिरबाट रिटायर होला, तर पेशाबाट उ कहिलेपनि रिटायर हुन सक्दैन’ पुरानाको अनुभव र नयाँ इन्जिनियरको जोशलाई फ्यूजन गर्न स्टाफ कलजेको अवधारणा ल्याएका छौं । यसमा पनि प्रधानमन्त्रीदेखि अन्य मन्त्रीअरु समेत सहमत हुनुभएको छ ।’

अनुभव र जोशलाई मिलाएर समृद्ध देश बनाउन सकिने उनको भनाई छ । इन्जिनियरहरुको जीवन विमा, पेशागत सुरक्षाका लागि परिवारलाई रोजगार बनाउने जस्ता एजेण्डाहरु समेत आफुहरुले अगाडि सारेको उनले बताए ।

आगामी मंसिर २८ गते नेईएको केन्द्रिय कार्यकारिणि र प्रदेश कार्यकारिणि समितिको चुनाव हुँदैछ । देशभरबाट केन्द्रिय कार्यकारिणी समितिको चुनावका लागि १७ हजार एक सय ५४ मतदाता छन् ।
३२ औं कार्यकारिणी समितिको निर्वाचनमा अध्यक्षको लागि प्रगतिशील तर्फ प्रा.डा. त्रिरत्न बज्रचार्य र लोकतान्त्रिकतर्फ प्रा.डा. हिरेन्द्रमान प्रधानको टिम चुनावी मैदानमा छ ।

प्रा.डा. त्रिरत्न बज्राचार्यले नेतृत्व गरेको प्रगतिशील समूहको उपाध्यक्ष आशिष घिमिरे, महासचिव छविराज पोखरेल, उप–महासचिव कपिल आचार्य, कोषाध्यक्ष राम एकवाल यादव, सह–कोषाध्यक्ष चाँदमाला श्रेष्ठ र सदस्यहरुमा प्रताप सापकोटा, दिलिप बिक, टेक कटुवाल, अनिल नेपाल, रोशन भट्टराई, शिव चापागाईं, दिपेन्द्र जम्मेरकट्टेल, छवि लाल अधिकारी, गजेन्द्र झा, सुगन्ध सुवेदी, ज्ञानेन्द्र कलौनी र चक्र चुडामणि भट्ट छन् ।

कमेन्ट गर्नुहोस्