२ सय बढी पदमा अधिकृतको विज्ञापन खुल्यो, यसपाली पाठ्यक्रम परिवर्तन

काठमाडौं, मंसिर २६ । लोकसेवा आयोगले पाठ्यक्रम परिवर्तनसहित अधिकृत तहको विज्ञापन सूचना प्रकाशित गरेको छ । लामो आशंकापछि लोकसेवाले न्याय, संसद तथा लेखा समूहको विज्ञापन प्रकाशन गरेको हो ।

राजपत्रांकित तृतीय श्रेणी अधिकृत तहको पाठ्यक्रम परिमार्जन

१. न्याय सेवाको लागि मात्रै पहिलो चरणमा ३०० पूर्णाङको लिखित हुनेछ र अन्तिम चरणमा अन्तर्वार्ता साथै कम्युटर स्किल हुनेछ ।

२. न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संसद (संयुक्त र एकिकृत परीक्षा) को लागि एच्छिक चौथो पत्र हटाएको छ । अब ३०० पूर्णाङ्क मात्र हुनेछ ।

३. न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संसद (संयुक्त र एकिकृत परीक्षा) मा प्रथम चरण, द्वितीय चरण र तृतिय चरण हुनेछ ।

४. प्रथम चरणमा जिके आइक्यु र अंग्रेजी द्वितीय चरमा २०० पूर्णाङको लिखित र तृतिय चरणमा अन्तर्वार्ता साथै कम्युटर स्किल हुनेछ ।

५. पछिल्लो पटक २०७५ मंसिर २४ गते उक्त पाठ्यक्रम परिमार्जन गरिएको छ ।
थप जानकारीको लागि लोकसेवाको आधिकारिक वेबसाईट www.psc.gov.npलग इन गरेर हेर्न सक्नुहुनेछ ।

कमेन्ट गर्नुहोस्