दाइजो विरुद्ध प्रदेश–२ मा अखिल छैठौंको अभियान

कलैया, दाईजो प्रथाकाविरुद्ध अखिल छैठौंले अभियान शुरु गरेको छ ।

दाईजोको अत्यधिक समस्या रहेको प्रदेश नम्बर २ का सबै जिल्लामा संगठनले सचेतनामूलक कार्यक्रम शुरु गरेको हो ।

संगठनले दिएको जानकारी अनुसार, छोरी पढाऔं दाइजो हटाऔं अभियान २ नम्बर प्रदेशमा सञ्चालन भएको हो । यसैक्रममा मंसिर २५ गते बाराको कलैयास्थित रामराजा क्याम्पसमा सडक नाटक प्रदर्शन गरेर अभियानको उद्घाटन गरिएको हो ।

त्यस्तै वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा पनि सडक नाटक प्रदर्शन गरिएको छ । छोरी नपढाउ“दा र दाइजोले ल्याएको पारिवारिक तथा सामाजिक कलहलाई नाटकका माध्यमबाट देखाइएको छ ।

अखिल (छैठौं)का केन्द्रीय अध्यक्ष विमल पोखरेलले अभियानको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा रामराजा क्याम्पसका क्याम्पस प्रमुख हरिशरण कुशहवाले दाइजोले समाजमा विकृति र विसंगति निम्त्याउने भएकाले त्यसको विरुद्धमा सबैले अभियान चलाउनुपर्ने बताउनुभयो ।

तराईमा दाइजोको समस्या विकराल भएको, घरघरमा हिंसा र अशान्ति फैलिएको भन्दै दाइजो मानव जातिकै कलंकको रुपमा विकसित भएकोले अभियान सञ्चालन गरिएको पोखरेलले उल्लेख गर्नुभयो । अखिल (छैठौं)ले २ नम्बर प्रदेशका सबै जिल्लाहरुमा सडक नाटक प्रर्दशन, ब्रोसर वितरणजस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कमेन्ट गर्नुहोस्