फोहोर पानी प्रशोधन केन्द्रमा अकस्मात मन्त्री मगर पुगेपछि…

काठमाडौं । मंगलबारका दिन खानेपानी मन्त्री बिना मगर अचानक गुहेश्वरी पुगिन ।

उद्देश्य थियो बाग्मती गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको निरीक्षण ।

खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय पिआइडीले गुह्यश्वरीमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ ।

निर्माण कार्य तत्काल सम्पन्न गर्न र कामको गुणस्तरीयतामा कुनै सम्झौता नगर्न मन्त्री मगरले निर्देशन दिईन । मन्त्री मगरले यसअघि पनि बिभिन्न आयोजनाहरुको आकस्मिक निरिक्षण गर्दै आएकी छिन् ।

पानी शुद्धीकरण गरेर बाग्मतीमा मिसाइने भएकाले यसबाट काठमाडौं उपत्यकामा सिचाइ र सरसफाइको क्षेत्रमा ठुलो उपलब्धि हासिल हुने आयोजनाका प्रमुख तिरेश बहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार, अहिले यो प्रशोधन केन्द्रको भौतिक कार्य करिब ८० प्रतिशत सम्पन्न भएको छ ।

सन् २०१९ को जुलाई महिनामा सम्पन्न हुने लक्ष्यका साथ आयोजनाको काम तीब्र गतिमा अघि बढिरहेको छ । अत्याधुनिक प्रशोधन प्रविधि प्रयोग गरेर काम अगाडि बढाइएको आयोजना प्रमुख खत्रीको भनाइ छ ।

यो प्रशोधन केन्द्रको कार्य सकिए पछि यसबाट करिब ३ मेगावाट बिजुली र मल उत्पादन हुने बताइएको छ । यो प्रशोधन केन्द्रको निर्माण कार्य भारतको चेन्नई स्थित भि टेक वाबाग कम्पनीले गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्