जन्तीसहित जनकपुर आइपुगे मुख्यमन्त्री आदित्यनाथ, भव्य स्वागत

जनकपुर — भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर विशेष विमानमा जनकपुर विमानस्थालमा अवतरण गरी जानकी मन्दिर पुगेका छन् । मुख्यमन्त्री योगीसहितको जन्तीको टोलीलाई स‌ंघीय सरकार पर्यटनमन्त्री रविन्द्र अधिकारी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत यहाँका मन्त्रीहरुले स्वागत गरेका थिए ।

याे पनि पढ्नुस  सीताराम विवाह महोत्सव मङ्सिर २ देखि

मुख्यमन्त्री योगी विमानस्थलबाट केही समय अघि मात्रै जानकी मन्दिर पुगेका छन्। उनले त्यहाँ जानकीको सामान्य पुजा गरेर मन्दिर परिक्रमा गरेका थिए। उनी अहिले प्रदेश सरकारले आयोजना गरेको भण्डारा तर्फ लागेका छन्।

आज दिउँसो २ बजे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र मुख्यमन्त्री योगीले रंगभूमि मैदान बाह्रबिगामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने छन्।

याे पनि पढ्नुस  योगी आदित्यनाथको स्वागतमा जुट्न कांग्रेस कार्यकर्तालाई निर्देशन

योगीको ४ बजे तिर फर्कने कार्यक्रम रहेको छ।

कान्तिपुरबाट साभार

कमेन्ट गर्नुहोस्