चलचित्र ‘आरोप’ पहिलो गीत ‘एक्सिडेन्ट् भयो दिल यो’ को भिडियो सार्वजनिक

दिलासा क्रियशनको ब्यानरमा अमर ओलीको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र ‘आरोप ’ को ‘एक्सिडेन्ट भयो दिल यो’ पहिलो गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा राजेश पायल राई र नित्या शिवाको आवाज रहेको छ । यस चलचित्र ‘आरोप’को रिलिज आगामी माघ ११ गते नेपालभरिका सिनेमा हलहरुमा हेर्न सकिने भएको छ । युवायुवतीको प्रेमकथामा आधारित चलचित्रमा युवावस्थाको विभिन्न अवस्थालाई चलचित्रमा समेटिएको चलचित्रको निमार्ण पक्षले बताएको छ ।

चलचित्रको कथा लेखन लक्ष्मण सुवेदीले गरेका छन ।

बिजय पाठक र दिनेश राउतको निर्माण, वीरेन्द्र भट्टको छायांकन, कमल राईको नृत्य, सानुकुमार महर्जनको द्वन्द एस.के अधिकारी र गणेश चौधरीको संगीत, नित्या शिवा, राजेश पायल राई, प्रह्लाद तिमिल्सिना, मनिषा पोख्रेलको आवाज साहिल खानको सम्पादनमा किशोर खतिवडा, संचिता लुइँटेल, रिचा थापा, उद्धव गिरी, प्रेम खड्काको अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो-

कमेन्ट गर्नुहोस्