रविले भने ‘समर्थकलाई बयान गर्ने शब्द नै छैन, अब पनि त्यही साथको अपेक्षा’

काठमाडौं, मंसिर २६ । एपी वान टेलिभिजनमार्फ प्रसारण भइरहेको नेपाल आइडल सिजन–२ को ‘उत्कृष्ट ४’ मा पुग्न सफल रविले सबै ठाउँबाट धेरै माया र समर्थन पाइरहेको बताएका छन् । उनले आफ्नो फेसबुकमार्फत यस्तो बताएका हुन् ।

रविले सबै ठाउँमा पुग्न नसके पनि चौतर्फीबाट माया पाउँदा आगामी यात्रामा बढ्न थप हौसला मिलेकोसमेत बताएका छन् । उनले भने, ‘साँच्चै संगीतको जात, धर्म, भाषा, सिमाना नहुँदो रहेछ । म चाहन्थेँ अछाम, बझाङ, बैतडी, धरान, पुगौँ तर मसँग समय पटक्कै थिएन ।

मसँग समय थियो भने पोखरा, दाङ, सुर्खेत, जनकपुर, बिरगन्ज, चितवन, हेटौंडा सबैतिर पुग्थे । ज्यान पुर्याउन नसके पनि देशका सबैठाउँमा मन पुर्याएको छु । विदेशका सम्पूर्ण शुभचिन्तकसँगै छ मेरो मन । तर म यहाँहरूलाई वचन दिन्छु, म यहाँहरूको माया सम्झेर आउने छु ।’

बाँकी हेर्नुस्  रविले आफ्नो फेसबुक पेजमार्फत यस्तो भनेका छन्

आदरणीय मेरा प्रियजनहरू, आफन्तहरू, देश विदेशमा रहेर मलाई माया गर्नुहुने मेरा शुभचिन्तकहरू, यहाँहरूलाई मेरो हार्दिक -हार्दिक नमस्कार !

हजुरहरूको मायाले मलाई आज यस्तो बिन्दुमा ल्याइपुर्याएको छ कि मसँग त्यसको व्याख्या गर्नसक्ने कुनै शब्द नै छैन । म एउटा समान्य मान्छे, मलाई थाहा नै छैन म कहिलेदेखि संगीतप्रति मोहित भएको हुँ । तर, मलाई यति चाहिँ थाहा छ, म कुरा बुझ्ने हुँदा गीत गाउन सिकिरहेको थिएँ ।

हामी चार जनालाई नेपाल आइडलले केही महिनापछि आ–आफ्नो घरगाउँ पठाएर ठूलो उपकार गरेको छ । हामीले यति धेरै माया पाएका छौँ, त्यो हामीले कल्पना पनि गरेका थिएनौँ । यसको सम्पूर्ण श्रेय नेपाल आइडललाई जान्छ ।

पाँच महिना अगाडिसम्म काठमाडौं र आफ्नो जन्मथलो सुदूरपश्चिम ओहोरदोहोर गर्दा म एक्लै थिएँ । मलाई नेपाल आइडलले आफूसँग लगेर पाँच महिनासँगै राखिसकेपछि म साँच्चै अर्कै भएछु । यसका लागि मैले नेपाल आइडललाई जति धन्यवाद दिए पनि कम हुन्छ ।

हामी चार जनालाई नेपाल आइडलले केही महिनापछि आ–आफ्नो घरगाउँ पठाएर ठूलो उपकार गरेको छ । हामीले यति धेरै माया पाएका छौँ, त्यो हामीले कल्पना पनि गरेका थिएनौँ । यसको सम्पूर्ण श्रेय नेपाल आइडललाई जान्छ ।

मैले मेरो गृह जिल्ला सुदूरपश्चिम मा पाइला टेक्दा पहिलोपल्ट महसुस गरेँ साँच्चै जनताको माया कस्तो हुँदो रहेछ जसले अहोरात्र खटेर मलाई टप १२ बाट ‘टप ४’ मा ल्याउनुभयो उहाँहरूको मायाको बदलामा म के दिउँ ?

साँच्चै संगीतको जात, धर्म, भाषा, सिमाना नहुँदो रहेछ । म चाहन्थेँ अछाम, बझाङ, बैतडी, धरान, पुगौँ तर मसँग समय पटक्कै थिएन । मसँग समय थियो भने पोखरा, दाङ, सुर्खेत, जनकपुर, बिरगन्ज, चितवन, हेटौंडा सबैतिर पुग्थे ।

धनगढी, लम्की, तरिया, झलारी आदि ठाउँहरूमा मैले साह्रै थोरैबेर मात्र समय दिन पाएँ तर मेरो प्रतिक्षामा घण्टौँ चिसो सहेर बस्नुहुने मेरा तमाम प्रियजनहरूलाई म के दिउँ ? यो छोटो समयमा दशदश मिनेटको लागि म जहाँ जहाँ पुगेँ उहाँहरूले गर्नु भएको सभ्य व्यवस्थापन र लखौँको भिड जो नितान्त मेरा लागि थियो त्यो देखेर म पग्लिएँको छु ।

अझै पनि सम्झिएर भावुक भइरहेको छु । साँच्चै संगीतको जात, धर्म, भाषा, सिमाना नहुँदो रहेछ । म चाहन्थेँ अछाम, बझाङ, बैतडी, धरान, पुगौँ तर मसँग समय पटक्कै थिएन । मसँग समय थियो भने पोखरा, दाङ, सुर्खेत, जनकपुर, बिरगन्ज, चितवन, हेटौंडा सबैतिर पुग्थे ।

ज्यान पुर्याउन नसके पनि देशका सबैठाउँमा मन पुर्याएको छु । विदेशका सम्पूर्ण शुभचिन्तकसँगै छ मेरो मन । तर म यहाँहरूलाई वचन दिन्छु, म यहाँहरूको माया सम्झेर आउने छु ।

म यतिखेर नेपाल आइडलको फाइनलमा छु । अब एक साताको लागि भोटिङ लाइन खुल्दैछ । मलाई यहाँहरुले धेरै दिइसक्नु भएको तर अब यो अन्तिम पटक हो । मलाई नेपालको दोस्रो नेपाल आइडल बनाउन अब हजुरहरू बाहेक अरु कसैले सक्दैन । त्यसैले यहाँहरूको शरणमा छु, अन्तिम एकचोटी हार्दिक -हार्दिक अनुरोध गर्दछु ।  

हजुरहरूको प्रिय
रवि ओड

कमेन्ट गर्नुहोस्