इतिहासः जनयुद्ध शुरु गर्दा माक्स, लेनिन र माओका यी तीन उक्ति थिए प्रयोगमा

काठमाडौं, मंसिर २६ । दश वर्षसम्म चलेको सशस्त्र जनयुद्धबारे जान्ने इच्छा धेरैलाई हुनसक्छ । जनयुद्ध सुरुवातका कुराप्रति त झनै रुचि हुनसक्छ । कसरी जनयुद्ध भयो, कस्ता योजनाका साथ युद्ध सुरु भयो, नारा के थिए ? यस्ता कुराप्रति जान्ने इच्छा धेरैलाई छ । तत्कालीन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते बाट जनयुद्ध घोषणा गरेको थियो ।

तत्कालीन महासचिव रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेको टीमले ऐतिहासिक जनयुद्धको पहिलो योजना २०५२ असारमा गरेका थिए ।

उक्त बैठकमा प्रस्तुत र पारित भएको प्रस्तावमा उनले ३ बटा महान गुरुहरुका महान भनाइ उल्लेख गरेका छन । जसमा मार्क्स, लेनिन र माओका शस्लेषणलाई समेटेका छन्, ति यस्ता थिए ।

“हामी मजदुरलाई भन्छौ, बि‌धमान स्थितलाई परिवर्तन गर्ने होइन आफैलाई राजनीति सत्ता सञ्चालन योग्य बजाउन समेत तपाइहरु १५, २० र ५० बर्षका गृहयुद्ध एवं अन्तर्राष्ट्रिय युद्धका बिचबाट ग्रुजनु पर्छ।” -कार्लमाक्स

“गृहयुद्ध बिना आजसम्म का इतिहासमा कुनै पनि महान क्रान्ति सम्पन्न हुनसकेका छैनन र त्यसबिना पुजीवादबाट समाजबादमा संक्रमण कुनै पनि गंभिर माक्सवादी सोच्न सक्दैनन।” -भि आइ लेनिन

“हरेक कम्युनिस्ट ले यो सच्चाइलाइ आत्मासाथ गर्नैपर्छ कि राजनैतिक सत्ता बन्दुकको नालबाट जन्मन्छ । हाम्रो शिद्दान्त हो कि पार्टीले बन्दुक चलाउनु पर्छ र कुनै पनि हालमा बन्दुकले पार्टी चलाउन दिइने छैन।” -माओ

कमेन्ट गर्नुहोस्