समथर्कको साथले बिक्रम उत्साहित, बन्लान् दोस्रो नेपाल आइडल ?

कठमाडौं, मंसिर २६ । नेपाल आइडल सिजन २ को ‘टप फोर’ मा पुग्न सफल पोखराका बिक्रम बराल समर्थकको साथले उत्साहित भएका छन् । केही दिनअघि गृहजिल्ला पोखरा जाँदा पाएको समर्थकको साथले उनी उत्साहित भएका हुन् ।

उनले फेसबुकमार्फत भनेका छन्, ‘सबैको एउटै गुनासो हुने गर्थो पोखराबाट सपोर्ट भएन तर म जब पोखरा पुगे त्यो पाईन सपोर्ट र माया अति नै थियो । भोट मात्र कमि थियो मेरो लागि ।

अब त्यो पनि पूरा हुने बिश्वास लिएको छु । तपाईंहरु बिना मेरो यात्रा सधै अपुरो अधुरो रहने छ । आशा छ मेरा प्रिय पोखाराबासीबाट सधैं यस्तै माया साथ सपोर्ट हुने छ । मेरो जित भनेकै तपाइहरुको माया हो ।’

कमेन्ट गर्नुहोस्