दुम्सी लखेट्न जाँदा आफैंले बोकेको भरुवा बन्दुक पड्केर घाइते

स्याङ्जा : स्याङ्जा विरुवा गाउँपालिका- ३ का ४२ वर्षीय थमनसिंह थापा आफैंले बोकेको भरुवा बन्दुक पड्केर घाइते भएका छन्। सोमबार राति ९ बजेतिर छहारा भन्ने खेतमा दुम्सी लखेट्न २ जना साथीसँग जाँदै गर्दा बाटोमा चिप्लेएर लड्दा साथमा भएको बन्दुक पड्किएको थियो।बन्दुक पड्किँदा कोखामा छर्रा लागि उनी घाइते भएको प्रहरीले जनाएको छ।

घाइते थापालाई जिल्ला अस्पताल स्याङ्जामा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा लगिएको छ।प्रहरीले घाइते थापाको घरबाट लाइसेन्स नभएको एकनाले भरुवा बन्दुक बरामद गरेको जनाएको छ।

बिरुवा ३ बस्ने वर्ष थापा र थामबहादुर थापा साथमा भरुवा बन्दुक लिएर दुम्सी लखेट्न जाँदा बाटोमा चिप्लिएर थमन सिंह थापाले बोकेको बन्दुक पड्केर छर्रा लागी थापा घाइते भएको प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए। प्रनाउ बिष्टका अनुसार घाइते थापाको अवस्था सामान्य रहेको र साथी थामबहादुर थापा भने सकुशल छन्।

Source: Annapurnapost .com
Photo: Symbolic only

कमेन्ट गर्नुहोस्