क्यालिफोर्नियामा चलचित्र ‘चि मुसि चि’को सुरुवात उत्साहजनक

अमेरिकाको क्यालिफोर्नियामा नेपाली कथानक चलचित्र ‘चि मुसि चि’को सुरुवात उत्साहजनक रहेको छ ।

नेपाली चलचित्रलाई माया गर्ने तथा नेपाली चलचित्र प्रेमीहरुले सुरुवातमै राम्रो हौसला दिएका छन् । राम्रो प्रचार प्रसार गरेको कारण दर्शकले राम्रो साथ दिएका छन् । अमेरिकामा कामको दिन मंगलबार प्रदर्शन गर्दा पनि करीब ३ सयभन्दा ज्यादा दर्शकहरु आएका थिए ।

एकै प्रदर्शनबाट बे क्षेत्रबाट राम्रो रकम संकलन गर्न सफल भएको छ ।

यसको साथै उक्त क्षेत्रमा बसोबास गर्ने दर्शकबाट राम्रो प्रतिक्रिया प्राप्त गरेपछि आयोजकद्वय अनिल पाण्डे र प्रिन्स युबराज कार्कीले खुशी व्यक्त गर्दै हामीलाई हौसला भएको बताएका छन् ।

लामो समयदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका तथा समाज सेवामा निकै राम्रो काम गर्दै आएको मदरल्याण्ड नेपाल डट ओर्ग समेतका संचालक पाण्डेले दर्शकलाई धन्यवाद दिएका छन् ।

साथै, पाण्डेले उक्त चलचित्रबाट उठेको केही रकमबाट सन्नीभेल शहरस्थित संचालनमा रहेको नेपाली भाषा कक्षाको लागि पनि सहयोग गर्ने रहेको बताए ।

साथै अमेरिकाका विभिन्न शहरमा प्रदर्शन हुने बताउदै एक पटक यो चलचित्र छुटाउन नहुने बताए । गत मंगलबार डिसेम्बर ११ का दिन अल्बानीको ल्यान्डमार्क थेटर (चलचित्र मन्दिर) मा सम्पन्न भएको थियो ।

यस चलचित्रका निर्माताहरु अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डबबहादुर गुरुङ निर्माता रहेका छन् भने कार्यकारी निर्मातामा शिवराज कार्की हुन् ।

दिनेश श्रेष्ठ द्वारा निर्देशित चलचित्रमा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइबा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

साथै चलचित्रमा सुनिल क्षेत्री र विक्रम स्वाँरको नृत्य निर्देशन रहको छ । गत श्रावण ११ देखि नेपाल अधिराज्यका भर प्रदर्शन भएको थियो

कमेन्ट गर्नुहोस्