‘प्रथम काठमाडौँ जिल्लास्तरिय भिमेश्वर कप कबड्डी’ बिहीबारदेखि सुरु, ४० टिमको सहभागिता रहने

काठमाडौँ, मंसिर २७ ।

काडाघारी, सनसिटी चोकमा रहेको भिमेश्वर एकेडेमीले बिहिबारदेखि ‘प्रथम काठमाडौँ जिल्लास्तरीय भिमेश्वर कप कबड्डी’ सुरु गर्ने भएको छ ।

छात्र र छात्रा दुवैतर्फ प्रतियोगिता हुने उक्त भिमेश्वर कप कबड्डी प्रतियोगितामा ४० टिमको सहभागिता रहने बताइएको छ । छात्रतर्फ १६ विद्यालय र छात्रातर्फ २४ विद्यालयको सहभागिता हुनेछ ।

विजयी टिम प्रथम, द्धितीय र तृतीयलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।

प्रतियोगिताको तयारी पूरा भइसकेको र बिहिबार एक औपचारिक कार्यक्रमका विच प्रतियोगिता सुरु गरिने भिमेश्वर एकेडेमीका प्रिन्सिपल अमृत खड्काले बताए ।

कमेन्ट गर्नुहोस्