गजलः अनमोल ती यादहरु !

बेरिदियौ अङ्गालोमा आखिर, वैंशको त्यो मात थियो
दोषी किन ठान्यौ मलाई त्यहाँ, तिम्रो पनि हात थियो ।

भेट नहुँदा मुस्कुराउँदै समिपमै, तिमी आर्इदिन्थ्यौ
सजाइ दिने मीठो सपना, मेरो होइन, तिम्रो नै बात थियो ।

आफ्नो भन्ने को नै थियो र मेरो, बिरानो यो शहरमा
दुःख पर्दा डोर्याउने यहाँ हेर, तिम्रो नै त साथ थियो ।

सुनाउँथ्यौ मीठा गीत देखाउँँथ्यौ, वनमा कोइलीलाई
लाग्थ्यो मलाई जहाँतहीँ, प्रेमिलको जमात थियो ।

नदेखार्इ लुकाइराखे आखिर, अनगिन्ती आशाहरु
चढाइदिएँ आज फूल ठानि, तिमीले दिएकै प्रसाद थियो ।।

विद्या भण्डारी ‘आँसु

कमेन्ट गर्नुहोस्